उत्पादनअनुसारको मूल्य नपाउँदा र बिचौलियाको बिगबिगीका कारण नवलपरासीका केरा उत्पादक किसानहरू व्यावसायिक खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन्।
मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन्। बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरे पनि किसान सस्तो मूल्यमा बेच्न बाध्य छन्।
मध्यविन्दु नगरपालिका–६, बरुवाका किसान दुर्गाप्रसाद भुर्तेलले उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको बताए। विगत ३० वर्षदेखि खेतीमा लागेका उनी नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन्।
“हाल केरा बेच्दा प्रतिकोसा पाँच–छ रुपैयाँ मात्र पाइरहेका छौँ। लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले टिक्नै गाह्रो छ”, भुर्तेलले भने, “रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ।”
यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गरे पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताइन्। “लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ। बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन्। बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ”, उनले भनिन्।
कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन १३२ रुपैयाँ र खुद्रा मूल्य १५० रुपैयाँसम्म छ। किसानले भने यही केरा प्रतिदर्जन ६० देखि ७२ रुपैयाँसम्म मात्र पाउने गरेका छन्। किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ।
बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए। समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए।
कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल ५५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
