रोशी खोलामा पानीको बहाव बढेसँगै जोखिम कायम रहेपछि सुरक्षा निकायले बीपी राजमार्गको काभ्रे–सिन्धुली सडकखण्डमा आवागमन बन्द गराएको छ।
काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गमा जोखिम बढेपछि सुरक्षा निकायले आवागमन बन्द गराएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गअन्तर्गत नमोबुद्धको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो।
वर्षाका कारण रोशी खोलामा बाढीको बहाव बढेकाले सम्भावित जोखिम टार्न आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। उनले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न पनि उनले अनुरोध गरेका छन्।
वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाउने समस्या रहँदै आएको छ। गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको ४ किलोमिटर सडक बाढीले बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
राजमार्ग अवरुद्ध भएपछि धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा सवारी साधनहरूलाई ‘होल्ड’ गरेर राखिएको छ। गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिँदै आएको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माणको कार्य भइरहेको डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
