AnonymousUser

Logout

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

जेनेरिक नाममा औषधिः गुणस्तर चाहिँ कसले हेर्ने?

त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।

हिमपातका कारण रोकिए अन्नपूर्ण आधार शिविर गएका पर्यटक

मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा झारिएको छ।

उत्तरी गोरखामा हिमपात, पर्यटक प्रभावित

हिउँ परेपछि मनासलु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। लार्केपासमा गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएका छन्।

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ। माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा छ।

मन्थलीबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, १९ जना घाइते

रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।

सडकले देखाएको समाजको ऐना

ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

अरुण नदीको सतिघाटमा ६ महिनापछि फेरी सेवा सञ्चालन

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।

गण्डकीको हिमाली भूभागमा भारी वर्षासहित हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

सावित्राको २ गोलमा भारतविरु​​​​​द्ध नेपाल विजयी

सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।

मुस्ताङका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

उच्च हिमाली क्षेत्रका पदमार्गमा बुधबारसम्म यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय, मुस्ताङले आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग वार्ता थाल्न इच्छुक, मलेसियामा सीलाई भेट्ने तयारी

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको माग

महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठ गरी उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका संलग्नहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइयो छठ पर्व

शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।

सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशमा ५७३ दुईपांग्रे र १३५ चारपांग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ।

राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना

सरकारले ५ लाख बाँकेवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन शुरू गरेका आयोजनामा राज्यकोषबाट करिब १ अर्ब खर्च भइसकेपछि आयोजना नै अलपत्र परेका छन्। यसले हाम्रा विकास योजनाको यथार्थ छर्लंग बनाएको छ।

काभा कपमा नेपाल श्रीलंकासँग पराजित

काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।

मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ।

दाङखोलामा मोटरेबल पुल अलपत्र, अस्थायी पुलको भरमा यातायात

“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”