दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भइरहेको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ।

दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
नेपाल क्रिकेट संघ

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भइरहेको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १०० रन बनाए। ९४ बल खेलका उनले १३ चौका १ छक्का प्रहार गरे। 

त्यस्तै, ओपनर ब्याटर विनोद भण्डारीले ५६,  गुल्शन झाले ४४ र कप्तान रोहित पौडेलले ३९ रन बनाए। यूएईका लागि जुनेद सिद्दिकीले सर्वाधिक ४ विकेट लिए । अजय कुमारले २ विकेट लिए भने हैदर अलि र खुजाइमा तनभीरले समान १-१ विकेट लिए।