दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपाल आईसीसी विश्वकप लिग–२ मा यूएईमाथि ६ रनले विजयी भएको छ।
काठमाडौँ– दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपाल आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ रनले विजयी भएको छ।
वर्षाले प्रभावित खेलमा जितका लागि ३८ ओभरमा २५५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।
यूएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेले। ६५ रन बनाएका उनले ७२ बलमा चार चौका र दुई छक्का प्रहार गरे। यस्तै, खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३ र अदीब उस्मानीले १४ रन बनाए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवको नाममा २-२ विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेले। दीपेन्द्रले सर्वाधिक १०० रन बनाएका हुन्। उनले ९४ बलमा १३ चौका र एक छक्का प्रहार गरे।
यस्तै, विनोद भण्डारीले ५६, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११/११ रन जोडे।
बलिङमा यूएईका अजय कुमार र जुनैद सिद्दिकीले २-२ विकेट हात पार्दा हैदर अली र खुजैमा तनवीरले एक-एक विकेट लिए।
जितसँगै २३ खेलबाट १६ अंक बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ। समान खेलबाट १२ अंक बनाएको यूएई अन्तिम स्थानमा छ।
यो जितसँगै सिरिजमा नेपाल यूएईलाई दुवै खेलमा हराउन सफल भयो। नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। अब नेपालले यस सिरिजको अन्तिम खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
