काठमाडौँ महानगरपालिकाले धोबीखोला किनारको देवीनगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका पक्की घरटहरा भत्काउन शुरू गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–१०, धोबीखोला क्षेत्रमा पर्ने देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन शुरू गरिएको छ।
आजदेखि यहाँ रहेका घरटहरा हटाउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। उनले भने, “उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबीखोलाको देवीनगर क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य जारी छ।”
सरकारले शुक्रबार कालीमाटी र बल्खु क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
