बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर

सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर लगाएर त्यहाँका घर टहरा भत्काएको हो।

बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ- सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ।

आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर लगाएर त्यहाँका घर टहरा भत्काएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो।