सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ को बिन्दुमा ओर्लिएको छ भने ४ अर्ब २६ करोडको कारोबारको शेयर कारोबार भएको छ।
फिलिपिन्सको सक्रिय मेयन ज्वालामुखीबाट निस्किएको बाक्लो खरानी र तातो लाभाका कारण आसपासका गाउँहरू प्रभावित भएका छन् भने ३०० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। यसको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा शुरू भएको छ।
रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका छ सदस्यको सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ।
सरकारले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जारी गर्न पुनः सिफारिस गर्ने निर्णय गरेको छ।
पुनर्वास नगरपालिका–७ स्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको सन्दर्भमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले सरकारलाई संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन आग्रह गरेका छन्।
विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले सरकारका पछिल्ला कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हैकमी शैलीको शासन अभ्यास तुरुन्त रोक्न माग गरेका छन्।
सुकुमवासीमाथि राज्यले गरेको निर्मम व्यवहारविरुद्ध राजनीतिक दलहरू र आम सर्वसाधारणले जुन मौनता साँधेका छन्, त्यो हाम्रो बामे सर्दै गरेको लोकतन्त्रका लागि ठूलो चिन्ताको विषय हो।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
ताप्लेजुङका वनपाखामा ढकमक्क फुल्ने गुराँसले प्राकृतिक सुन्दरता मात्र थपेको छैन, स्थानीयको घरबास (होमस्टे) र पर्यटन व्यवसायमार्फत आम्दानीको स्रोत समेत बनेको छ।
भारतको राजधानी दिल्लीस्थित एक बहुतले घरमा एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ अध्यादेश जारी गरेसँगै २०८२ चैत १२ गतेअघि नियुक्त विभिन्न सार्वजनिक निकायका १ हजार ५९४ पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।
विगतमा सरकारले समस्या समाधानमा गम्भीर ध्यान नदिएको उल्लेख गर्दै सत्तारूढ दल रास्वपाका प्रवक्ता मनीष झाले भूमिहीन सुकुमवासीलाई व्यवस्थित राख्न पहलकदमी लिइएको स्पष्ट पारे।
२०६२/६३ को आन्दोलनका क्रममा ‘बिसे नगर्चीको बयान’मार्फत आन्दोलनकारी कविको छायाछवि बनाएका मुकारुङ कवितामा उब्जने विद्रोह र निराशाका भावहरू सधैँ यथावत् रहने बताउँछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका छन्।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेका अतिक्रमित संरचना खाली गराउन स्थानीय बासिन्दा र भक्तजनले माग गरेका छन्।
सरकारले सार्वजनिक जग्गा हडपेको भन्दै सुकुमवासी बस्तीमा डोजर चलाइरहँदा वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पुस्तैनी भूमिहीनको ठूलो संख्या लालपुर्जा पर्खिरहेको छ।
मकवानपुरको भरेङडाँडामा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध कान्तिलोकपथमा आइतबार अपराह्नदेखि यातायात पुनः सुचारु भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण शुरू गरेको छ।