बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

फाइल तस्वीर

काठमाडौँ- सुनको मूल्य सोमबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 


त्यस्तै चाँदीको मूल्य तोलामा १४० रुपैयाँ बढेको छ। चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।