मकवानपुरको कान्तिलोकपथमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मकवानपुर– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
स्कुटरलाई ठक्कर दिने बस र बस चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जंगलको भिरबाट लडेर दुई बालक घाइते भएका छन्। जंगलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गर्दा साइकल आफैँ अनियन्त्रित भई बालकहरू साइकलसहित भिरबाट करिब ३५ मिटर तल खसेका थिए।
दुर्घटनामा स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। घाइते दुवै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पठाइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
