एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा

आगामी मे ३१ देखि सिंगापुरमा हुने 'मेन्स एसियन गेम्स क्वालिफायर २०२६' का लागि क्यानले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले सिंगापुरमा आयोजना हुने 'मेन्स एसियन गेम्स क्वालिफायर २०२६' का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोली छनोट गरिएको क्यानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

घोषित टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीका अन्य सदस्यहरूमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्। त्यसैगरी टोलीमा करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि समावेश छन्।