जनरल सेल्स एजेन्ट अनिवार्यताका चुनौती छन्। यसले स्थानीय अर्थतन्त्र र रोजगारीलाई सहयोग पुर्याउँछ भने अर्कातिर, सीमित विकल्प, सञ्चालन लागत वृद्धि र सम्भावित कालोबजारीका कारण उपभोक्ता संरक्षणमा असर पर्ने जोखिम पनि रहन्छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ।
बांग्लादेशको राजधानी ढाकामा सोमबार लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश विद्यार्थी छन्।
नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को अन्तिम खेलमा आयोजक बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएको हो।
कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।
नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सबै आंशिक क्याम्पसमा विकेन्द्रीकरण तथा स्वायत्तता पुनः लागू गर्नुपर्ने माग राख्दै १३ दिनदेखि विद्यार्थी र शिक्षक आन्दोलित हुँदा पठनपाठन ठप्प भएको छ।
दक्षिण कोरियाले रिटर्नी श्रमिकहरूको सीप पुँजी प्रयोग गरेरै देशको कायापलट गर्यो। तीन दशकदेखि श्रमिक निर्यात गरिरहेको नेपाल भने रिटर्नीबारे गम्भीर हुन नसक्दा वैदेशिक रोजगारीको अटुट श्रृंखला जारी छ।
बांग्लादेशको ढाकास्थित एक विद्यालय परिसरमा वायुसेनाको विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। १०० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।
महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।
सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।
धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।
थ्रीडी प्रिन्टिङबाट खानेकुरा, मानव अंग र अन्तरिक्ष यानका भागसमेत बन्न थालेका छन्। नेपालमा र्यान र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सफल परियोजना सञ्चालन गर्दै औद्योगिक उत्पादनको सम्भावना देखाएका छन्।
आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।
काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
‘भगवान्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
युक्रेनी ड्रोन आक्रमणले मस्कोका प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द भई १४० भन्दा बढी उडान रद्द वा अन्यत्र पठाइएका छन्, भने रुसले युक्रेनमा रातभर गरेको हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।