अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी महँगीविरुद्धको प्रदर्शनमाथि हिंसात्मक दमन गरिए अमेरिका कडा प्रतिक्रिया दिन तयार रहेको चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शनमाथि हिंसात्मक दमन गरिए संयुक्त राज्य अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। बढ्दो महँगी र आर्थिक संकटविरुद्ध भइरहेको आन्दोलनमा प्रदर्शनकारीहरूको ज्यान लिइएमा अमेरिका ‘लक एन्ड लोड’ (पूर्ण तयारी)को अवस्थामा रहेको उनले स्पष्ट पारेका हुन्।
इरानका विभिन्न शहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच भएका झडपमा परी कम्तीमा ६ जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। राजधानी तेहरानमा आइतबारदेखि मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा शुरू भएको पसल बन्द तथा हडताल अहिले अन्य क्षेत्रमा पनि फैलिएको छ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत राष्ट्रपति ट्रम्पले लेखेका छन्, “यदि इरानले आफ्नो पुरानै शैलीमा शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाएर हिंसात्मक दमन गर्छ भने संयुक्त राज्य अमेरिका उनीहरूको सहयोगका लागि तयार छ। हामी 'लक एन्ड लोड'को स्थितिमा छौँ र कुनै पनि कदम चाल्न सक्छौँ।”
इरानको फार्स समाचार एजेन्सीका अनुसार बिहीबार छहरमहल र बख्तियारी प्रान्तको लर्डेगन सहरमा दुई जना र लोरेस्तान प्रान्तको आजना क्षेत्रमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। यस्तै, सरकारी सञ्चारमाध्यमले पश्चिमी सहर कौहदास्टमा भएको प्रदर्शनका क्रममा एक सुरक्षाकर्मीको समेत ज्यान गएको पुष्टि गरेको छ। यी घटनाले इरानमा सुरक्षा चुनौती र जनआक्रोश झन् गहिरो बन्दै गएको संकेत गरेका छन्।
हालको यो विरोध प्रदर्शनलाई सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको ऐतिहासिक जनआन्दोलनसँग तुलना गर्न थालिएको छ। त्यतिबेला कडा ड्रेस कोड उल्लंघनको आरोपमा पक्राउ परेकी अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो, जसमा सुरक्षाकर्मीसहित सयौँ मानिसले ज्यान गुमाएका थिए। अहिलेको प्रदर्शन आकारमा केही सानो देखिए पनि आर्थिक मुद्दाका कारण यो झन् संवेदनशील मोडमा पुग्ने विश्लेषण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
