जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा चलखेल गरी करिब ४९ लाख रुपैयाँ अवैध नाफा कमाएको आरोपमा दीपेन्द्र अग्रवाललाई सीआईबीले पक्राउ गरेको छ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा साढे तीन करोडभन्दा बढीको बैंक जमानत र धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्।
ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्त ‘डीभी’मार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्प प्रशासनले ग्रिन कार्ड लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।
बहालवाला तथा पूर्वउच्चपदस्थका घरमा सुरक्षाकर्मीलाई ‘दास’का रूपमा खटाउने कार्य रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ जारी गरेका छन्।
भारतीय कम्पनीलाई मात्रै अनुकूल हुनेगरी प्राविधिक मापदण्ड बनाएर ल्याइएको खोरेतविरुद्धको खोपले कोशी प्रदेशका पशु उल्टै बिरामी हुने र मर्ने भएको छ। तर सरोकारवाला निकाय एकअर्कालाई देखाउँदै पन्सिन्छन्।
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ भने बाँकी ३० किलोमिटर क्षेत्रमा काम सम्पन्न नहुँदा बर्सेनि यात्रुले सास्ती भोग्दै आएका छन्।
यो साता उकालोमा, ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली, मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?, रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानीलगायतका समाचारले हेडलाइन बनाए।
शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
हादीको मृत्युसँगै देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
नयाँ खेलाडीलाई एनपीएल खेल्ने सपना साकार पार्ने एउटा ढोका ‘ट्यालेन्ट हन्ट’ हो। यसरी छनोट हुन चर्को प्रतिस्पर्धा त हुन्छ नै, छानिएर आइकोनिक खेलाडी भएपछि अन्तिम–११ मा पनि कमैले मौका पाउँछन्।
आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको संक्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानको गुनासो छ।
प्रतिवेदनअनुसार, विदेशमा बस्ने अधिकांश नेपालीले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन्।
हिउँदमा जसोतसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यका लागि पहिरो नियन्त्रणको काम थालिएको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो।
एक अध्ययनअनुसार, विद्यालयको समयपछि पनि पाठ तयारी, गृहकार्य मूल्यांकन र प्रशासनिक काममा हप्तामा करिब ६–१० घण्टा व्यक्तिगत समय खर्च गर्छन् शिक्षकले।
फाउल पोक्स संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।