आफूलाई पुराना दलहरूको विकल्प दाबी गरेर उदाएको रास्वपामा प्रतिनिधिसभा निर्वाचनको मुखैमा देखिएका एकपछि अर्का असमावेशी घटना–व्यवहारले उसका आफ्नै घोषणा र प्रतिबद्धतालाई गिज्याइरहेका छन्।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।
पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन्। उनीहरूले १० दिनसम्म यहाँको कला, संस्कृति झल्किने तथा सन्देशमूलक चित्र बनाउनेछन्।
सोसल मिडियाले पपुलिजमलाई अझै बढाएको छ। त्यसको प्रतिरोध कसरी गर्ने भन्ने संसारभरकै चुनौती हो। मान्छेहरू किन पपुलर हुन्छन् र किन जनआक्रोशलाई पकड्न सक्ने हुन्छन् भन्ने पनि बुझ्न जरुरी छ।
दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ।
चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बस दुर्घटनामा परेको हो।
तर पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।
फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी कारबाहीमा परेका हुन्।
यस वर्ष चुनावी कार्यक्रम नहुँदा सरकारले निर्वाचन आयोगलाई नियमित खर्च मात्र छुट्याएको थियो। तर जेन–जी आन्दोलनपछि देश मध्यावधि निर्वाचनतर्फ जाँदा कसरी गरिँदैछ बजेटको जोहो, के–केमा हुन्छ खर्च?
घोडाघोडीमा पहिले दुई हजार २०० को हाराहारी जलपन्छी रहेकामा त्यो संख्या एक हजार १०० मा समेटिएको छ।
ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेका ह्वाइट हाउसले मंगलबार पुष्टि गरेको छ।
आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
विशेष महाधिवेशन पक्षधरले पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम यही महिनाभित्र महाधिवेशन गर्नु निर्विकल्प विकल्प रहेको जनाएको छ।
परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नुलगायत रहेको छ।
आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्।
ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको छ।
अन्टाकर्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।
भगवती जीवनभर कुनै न कुनै रूपमा रेस्लिङसँगै जोडिन चाहन्छिन्। अत्याधुनिक लाइट, प्रोजेक्टर र पूर्वाधारसहितको आकर्षक रिङ बनाएर नवयुवालाई रेस्लिङमा अवसर दिने उनको योजना छ।