AnonymousUser

Logout

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई

साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा कप्तान फजिला इक्वापुटको दुई र शिल्कीदेवी हनामको एक गोलको मद्दतले एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको इस्ट बंगालले उपाधि जितेको छ।

बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

भ्रष्टाचार मुद्दामा इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

एफआईएको विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

गुल्मीका सरकारी कार्यालयमा २७ प्रतिशत जनशक्ति अभाव

अनुगमनका क्रममा अधिकांश कार्यालयले जनशक्तिको कमी, सर्भर डाउन हुनु, न्यून बजेट, भौगोलिक विकटता तथा अन्तर्निकाय समन्वयको अभावलाई मुख्य समस्याको विषय औँल्याएका छन्।

गाउँका पाखोबारीदेखि विदेशका सुपरमार्केट जोड्दै ‘कोसेलीघर’

म्याग्दीका रैथाने उत्पादनलाई युरोप, अमेरिका, जापान र कोरिया लगायतका देशमा रहेका नेपाली उपभोक्तासम्म पुर्‍याउन विभिन्न देशमा स्थापित व्यवसायीहरूले जिल्लामै संकलन केन्द्र स्थापना गरेका छन्।

भारतको आसाममा रेलको ठक्करबाट ७ हात्तीको मृत्यु

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीका अनुसार रेलको ठक्करबाट सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती घाइते भएको छ।

नेपालगन्जका ७ वडा कार्यालय अझै भाडाकै घरमा

नेपालगन्ज उपमहानगरपालिकाका वडा नं ४, ५, ६, ७, ८, ९ र ११ ले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् भने वडा नंं १४ र २० ले आफ्नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन्।

मधेस प्रदेशसभा सभामुखमा रामअशिष यादवको उम्मेदवारी दर्ता

मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।

महँगो शुल्कले सुस्ताउँदै पोखराको ‘पुतली जहाज’को उडान

खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै प्रकृतिको मनोरम दृश्य नियाल्न सकिने अल्ट्रालाइट अर्थात् ‘पुतली जहाज’मा साहसिक पर्यटकहरूको चहलपहल अचेल घट्दै गएको छ।

गाजा क्षेत्रका १६ लाख मानिसमा गम्भीर खाद्य संकटको जोखिम

प्यालेस्टिनीहरूले अझै पनि हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको राष्ट्रसंघले जनाएको छ।

बागमती प्रदेशसभा बैठक पुस तेस्रो साता बोलाउने तयारी

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ। तत्कालका लागि मुख्यमन्त्री कार्यालयको सभाहलमा बैठक सञ्चालन गर्ने तयारी छ।

कर्णालीतिर झुमा–काली सांगीतिक जोडा (भिडियोसहित)

सुदूरपश्चिमको संगीतलाई जतिसक्दो प्रवर्द्धन गर्ने उद्देश्यसहित देउडा गायनको शैली र ढोरपाटन (बागलुङे) भाकाको प्रयोगमाझ ‘कर्नाली सलल’ बजारमा आएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन: १० हजार ९६७ मतदानस्थल कायम

निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदानस्थल थप गरेको छ।

छोड्नु भनेको गुमाउनु मात्र होइन

धन र सम्पत्तिको सन्दर्भमा पनि ओशो स्पष्ट छन्। धेरै मानिस जति धेरै धन जम्मा गर्छन्, त्यति नै शान्ति पाउने भ्रममा हुन्छन्। तर अत्यधिक पकडले तनाव, डर र असन्तोष ल्याउँछ।

रत्नेचौर–भकुन्डे सडक: योजना पूरा नहुँदै भत्कियो कालोपत्रे

भकुन्डेका बासिन्दाले सडक निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसार काम नभएको भन्दै प्रश्न उठाएका छन्।

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ।

‘राजनीतिक अस्थिरताका कारण सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या’

मन्त्री सिन्हाले कर्मचारीतन्त्रमा कुर्सीमा बसेपछि मात्रै विज्ञ बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र नेतृत्वले विज्ञको सुझाव सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन्।

शीतलहरका कारण कृष्णपुरका विद्यालय २ दिन बन्द

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि घाम नलाग्ने, बाक्लो हुस्सु र शीतलहर चल्ने क्रममा बढेको छ, जसका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ।

दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीलाई महानगरले जनही एक लाख दिने

काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली दृष्टिविहीन टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ।