स्विट्जरल्यान्ड सरकारले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विस बैंकहरूमा रहेका सम्पत्ति तत्कालका लागि रोक्का गर्ने निर्णय गरेको छ।
स्विट्जरल्यान्ड सरकारले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विस बैंकहरूमा रहेका सम्पत्ति तत्काल प्रभावबाट रोक्का (फ्रिज) गर्ने निर्णय गरेको छ।
ती सम्पत्तिहरू गैरकानूनी रूपमा आर्जित भएको पुष्टि भएमा भविष्यमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ। स्विस संघीय परिषद्ले सोमबार एक वक्तव्य जारी गर्दै मादुरो र उनका निकटवर्तीको नाममा रहेका सबै स्विस-आधारित सम्पत्तिमा यो निर्णय लागू हुने स्पष्ट पारेको हो।
स्विस सरकारका अनुसार, यो कदमको मुख्य उद्देश्य सम्पत्ति बाहिरिने सम्भावित जोखिमलाई रोक्नु हो। “यदि कानूनी प्रक्रियाबाट ती सम्पत्ति गैरकानूनी ठहरिएमा स्विट्जरल्यान्डले उक्त रकम भेनेजुएलाली जनताको हितका लागि फिर्ता गर्न प्रयास गर्नेछ,” विज्ञप्तिमा भनिएको छ। यद्यपि, यो निर्णयले भेनेजुएलाको वर्तमान सरकारका सदस्यलाई भने असर नगर्ने स्पष्ट पारिएको छ।
यो नयाँ प्रतिबन्ध सन् २०१८ देखि भेनेजुएलाविरुद्ध लगाइएका प्रतिबन्धभन्दा अतिरिक्त हो। नयाँ निर्णय ‘विदेशी राजनीतिक व्यक्तिहरूको गैरकानूनी सम्पत्ति जफत तथा फिर्तासम्बन्धी संघीय कानून’अन्तर्गत गरिएको हो। २०२६ जनवरी ३ यता भेनेजुएलाको राजनीतिक अवस्था अस्थिर बनेको उल्लेख गर्दै स्विट्जरल्यान्डले त्यहाँको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।
स्विस सरकारले भेनेजुएलाको तनाव कम गर्न, संयम अपनाउन र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, शान्तिपूर्ण समाधानका लागि आफूले मध्यस्थताको प्रस्ताव समेत गरेको छ। स्विस कानूनअनुसार यो सम्पत्ति रोक्काको निर्णय चार वर्षसम्म लागू रहनेछ, जसले भविष्यमा हुने कानूनी सहयोगको प्रक्रियालाई सहज बनाउने विश्वास लिइएको छ। —एएनआई
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
