पाटनमा चाकु बनाउन भ्याइनभ्याइ [तस्वीरहरू]

उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे संक्रान्तिमा सेवन गरिने परम्परागत परिकार हो।

पाटनमा चाकु बनाउन भ्याइनभ्याइ [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– माघे संक्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा चाकुको माग बढेको छ। 

ललितपुरको पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीले यस वर्ष बजारमा चाकुको माग दोब्बरले बढेको बताए। 

null

उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे संक्रान्तिमा सेवन गरिने परम्परागत परिकार हो। “चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण यतिबेला चाकुको माग सधैँ बढी हुन्छ,” सुरेन्द्र भन्छन्, “अन्य समयमा त यतिबेला बनाउने चाकुको पाँच प्रतिशत पनि बन्दैन।”

चाकु उत्पादन प्रक्रियामा खाँड पगाल्ने, निरन्तर चलाउने, माटोका भाँडामा चिस्याउने र त्यसपछि पिट्ने, तान्ने तथा थपथपाउने काम गरिन्छ। यस प्रक्रियाले चाकुलाई गाढा रङ दिन्छ। अन्त्यमा तौल गरी नरिवल राखेर प्याक गरिन्छ। 

null

चाकु तयार हुन करिब दुईदेखि तीन घण्टा लाग्ने उत्पादक बताउँछन्। 

nullnullnullnull