चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ।
कञ्चनपुर– कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि लागेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन्।
श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको बताए। “चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्यांग्रिने समस्या बढी देखिएको छ,” उनी भन्छन्, “नगरपालिकाले तीन दिन बिदा दिएपछि केही राहत हुने भएको छ।”
शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ। बजारमा चहलपहल घटेको छ। सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य छन्। चिकित्सकले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
