मेची राजमार्गको ताप्लेजुङखण्ड पहिरोले अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडीखोलामा कुलो भत्किएर पहिरो जाँदा यातायात अवरुद्ध छ।

ताप्लेजुङ– पहिरोका कारण मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध भएको छ।

पाथीभरा याङवरक गाउँपालिका–१ भाँडीखोलामा कुलो भत्किएर पहिरो जाँदा यातायात अवरुद्ध हो। 

पहिरोले करिब १० मिटर सडक पुरेको ताप्लेजुङका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।  

गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको उनले बताए।