मन्थलीस्थित तामाकोशी नदीमा बस दुर्घटना भई बेपत्ता भएका तीनमध्ये एकको शव खुर्कोटमा फेला परेको छ भने अन्य दुईको खोजी कार्य जारी छ।
रामेछाप– गत मंगलबार मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव सोमबार फेला परेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा मन्थली–२ पिप्लेका ९ वर्षीय क्रिचन तामाङको शव सुनकोसी नदीको खुर्कोट पुल नजिक फेला पारेको हो।
काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बाप्र. ०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी पुल नजिकैबाट नदीमा खसेको थियो। उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।
दुर्घटनामा बेपत्ता भएका लिखु तामाकोशी गाउँपालिका–७ का ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ का २४ वर्षीय विशाल सुनुवारको अवस्था अझै अज्ञात छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बेपत्ताको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
