पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ, ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएका छन्।
प्राधिकरणकी प्रवक्ता शासिन महतका अनुसार काठमाडौँका मात्रै तीन ठाउँहरू क्रमशः रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगलागीका घटना भएका छन्। तीमध्ये तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा परी एक जना घाइते भएका छन्।
यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना र मासु पसलमा आगलागी हुँदा अन्य एक जना घाइते भएका छन्। अछामको मङ्गलसेनस्थित घर नजिकैको खेतमा बालिएको आगोमा परेर एक दुई वर्षीया बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ।
चौबीस घण्टामा १८ विपद्, तीन जनाको मृत्यु
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो। यसैगरी, विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा परेर अन्य पाँच जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यी विपद्का घटनाहरूबाट कुल ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी क्षति बाराको जितपुरमा भएको छ, जहाँ दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
