नेपाललाई पारालिम्पिक र एशियन युथ पारा गेम्समा दिलाएको पदकको कदर गर्दै नेगीलाई उक्त अवार्ड प्रदान गरिएको विश्व तेक्वान्दो महासंघले जनाएको छ।
काठमाडौँ– नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगी ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ बाट सम्मानित भएका छन्। विश्व तेक्वान्दो महासंघ (डब्लुटी)ले यूएईको फुजैराहमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ समारोहबीच अवार्ड प्रदान गरेको हो। डब्लुटीका अध्यक्ष डा. चाउ चुड–वनले नेगीलाई उक्त प्रतिष्ठित अवार्ड हस्तान्तरण गरेका थिए।
नेपाललाई पारालिम्पिक र एशियन युथ पारा गेम्समा दिलाएको पदकको कदर गर्दै नेगीलाई उक्त अवार्ड प्रदान गरिएको विश्व तेक्वान्दो महासंघले जनाएको छ। नेगीको प्रशिक्षणमा नेपालले १३ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। उनकै प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिस २०२४ पाराओलम्पिक खेलकुद तथा हाङझाउ एशियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी थिइन्।
यस्तै, सिर्जना घिसिङले सन् २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाइनल (जी१०) मा ऐतिहासिक स्वर्ण पदक हात पारेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
