दुर्घटनामा चालकसहित घाइते भएका ८ जनाको खुर्कोटस्थित शुभ जीवन अस्पताल तथा मन्थली र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रामेछाप– रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। मृतकमध्ये १० जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत रहेका छन्।
त्यस्तै, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए। मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको उनले बताए।
रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसका अन्य यात्रुहरूको अझै खोजी जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप, मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब सय मिटर तल तामाकोशी नदीमा खसेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
