सामुदायिक प्रहरी सेवा केन्द्र, बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
दार्चुला– सामुदायिक प्रहरी सेवा केन्द्र, बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो।
घटनालगत्तै फरार रहेका डडाललाई भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले यसअघि नै सोही घटनामा संलग्न रहेको आरोपमा दीपिका पाल, पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिसकेको छ।
घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। फरार हुनेहरूमा अस्मिता बियर बारका सञ्चालक आशिक पालसहित लक्ष्मी बडू र मनिष पाल रहेका छन्। जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजीका लागि विभिन्न नाकाहरूमा प्रहरी परिचालन गरिएको जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
