नेप्से परिसूचकमा झिनो गिरावट आए पनि बुधबार कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।
काठमाडौँ– पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ बिन्दुमा कायम भएको हो।
नेप्से झिनो अंकले घटे पनि सेन्सेटिभ इन्डेक्स भने ०.८१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.०७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले उकालो लागेका छन्। नेप्से परिसूचक करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य यथावत् रह्यो।
नेप्सेका अनुसार आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
यस दिन बैंकिङ ०.१०, विकास बैंक ०.१८, जलविद्युत् ०.४७, लगानी ०.०७ र निर्जीवन बीमा समूहको उपसूचक ०.०८ प्रतिशतले बढेको छ। बाँकी सबै उपसूचक भने ओरालो लागेको छ। वित्त समूह ०.२५, होटल तथा पर्यटन ०.६३, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.०६, म्युचुअल फन्ड ०.३६, व्यापार ०.२३ र अन्य समूहको उपसूचक ०.२४ प्रतिशतले घटेको छ।
यस दिन रिदी पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.६७ प्रतिशतले बढेको छ भने सुपर माई हाइड्रोपावरको शेयर मूल्य ६.३९ प्रतिशतले घटेको छ। कारोबार रकम र शेयर संख्याका आधारमा पनि रिदी पावर कम्पनी नै अग्रस्थानमा देखिएको छ। यस कम्पनीको ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँ बराबरको २० लाख ३० हजार ९४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
