यसै महिनाभित्र इन्धनसहितको पूर्ण पूर्वाभ्यास सञ्चालन गर्ने तयारी रहेको र मार्च महिनालाई सम्भावित प्रक्षेपण विन्डोका रूपमा हेरिएको नासाले जनाएको छ।
गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरूआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रूपमा गोरखा दरबार रहेको छ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो।
कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
वीरगञ्जको आदर्शनगरस्थित गोदाममा छापा मार्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ६ जनामाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
अध्ययनले कर्मचारीको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षाका लागि विश्वविद्यालय स्तरमा नीतिगत तथा व्यवस्थापकीय सुधार गर्दै सुरक्षित कार्यस्थल निर्माणमा जोड दिएको छ।
प्रहरीले नागढुंगामा कार जाँचका क्रममा एक थान पेस्तोल र चार राउन्ड गोलीसहित कीर्तिपुरका केयुर पुरी पक्राउ परेका छन्।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी निर्वाचन आयोगले शुक्रबारदेखि कर्णाली प्रदेशका १० जिल्लामा ढुवानी थालेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मन्थलीमा बस दुर्घटनापछि सुरक्षा जोखिम बढेको भन्दै नेपाल अरनिको यातायातले काठमाडौँ–मन्थली रुटमा चल्ने आफ्ना सबै बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
अघिल्लो वर्ष ४१.६ अंक ल्याएको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन यस वर्ष खस्किएर ३२.२६ अंकमा सीमित भई मधेश प्रदेशपछि दोस्रो कमजोर प्रदेशका रूपमा देखिएको छ।
गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्न खोजिएपछि स्थानीय व्यापारीको अवरोधका कारण गौरमा तनाव उत्पन्न भएको छ। विरोधमा आक्रोशित व्यापारीले बजारसमेत बन्द गराएका छन्।
खोप अभियानसँगै सरकारले जंगलभित्रै पानी र खाद्य स्रोतको व्यवस्था गर्ने, सुरक्षात्मक बार लगाउने र आवासीय क्षेत्रमा पसेका हात्तीलाई धपाउन विशेष रेन्जर्स टोली परिचालन गर्ने जस्ता उपायहरू पनि अपनाएको छ।
दार्चुलाको शैल्यशिखरमा ७१ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
यो साता उकालोमा ‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली, शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री,आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन? लगायतका समाचार चर्चामा रहे।
कथाकार बिना थिङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्ता विस्तारित हुन नसक्नुको कारण अभिभावक र शिक्षक नै भएको उनको तर्क थियो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च ४० प्रतिशतमा खुम्चिएको छ।
चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–वसुन्धराखण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा विस्तार थालेको हो।
बीएनपीले ल्याएसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्।
तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका बाँकी भागमा बादल लाग्नेछ।