मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।  

दिउँसो तराईमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने विभागको अनुमान छ।