AnonymousUser

Logout

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन आह्वान

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेका छन्।

बेलायतका पूर्वराजकुमार एन्ड्रयु पक्राउ

एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक भएपछि प्रहरीले पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई नियन्त्रणमा लिएको हो, जसमा माउन्टबेटन-विन्डसरको नाम पटक-पटक उल्लेख छ।

के छ रास्वपाको चुनावी वाचापत्रमा?

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ।

मलंगवामा बेवारिसे पेस्तोल पड्किँदा एक बालक घाइते

सर्लाहीको मलंगवाको एक मन्दिरमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्।

मार्सल ल प्रकरण: दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरियाको एक अदालतले सन् २०२४ को मार्सल ल प्रकरणमा पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र

एमालेले सिंहदरबार र सर्वोच्च अदालतलगायत आगजनी भएका सरकारी संरचनाहरूको पुनर्निर्माणलाई निश्चित समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

निशा अधिकारीलाई प्रश्न– कलाकारिता छाडेर किन राजनीतिमा आउनुभयो?

‘म काठमाडौँ क्षेत्र नं. ५ को मतादाता भइरहँदा जवाफदेहिता पाइनँ। मेरा अभिभावकले जुन दुःख भोगे, मैले पनि त्यही भोगिरहेकी छु र मेरो ७ वर्षको बच्चाले पनि त्यही भोगिरहेको छ।’

चीनमा पटाका विस्फोट, १२ जनाको मृत्यु

सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षमा धेरै प्रमुख चिनियाँ शहरले पटाका प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक छ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र रामज्ञान रायको मृत्यु भएको छ।

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि जारी

कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

रुस–युक्रेन शान्ति वार्ता नतिजाविहीन

क्षेत्रीय विवादमा सहमति अझै पनि अधुरो छ र यो बिना कुनै पनि युद्धविरामको कल्पना पनि गर्न सकिँदैन।

अंगदान : १० महिनाकी बालिकाले जोगाइन् ५ जनाको ज्यान

उनको कलेजो र एउटा मिर्गौला दुई गम्भीर बिरामी बच्चाहरूमा प्रत्यारोपण गरिएको छ। मुटुको भल्भ, दोस्रो मिर्गौला र आँखा विभिन्न अस्पतालहरूमा पुर्‍याइएका छन्।

जलवायु परिवर्तनले कफी उत्पादनमा असर

यसले उत्पादन घटाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्‍याइरहेको उनीहरूको निष्कर्ष छ।

अस्ट्रेलियामा घर अभावको मुख्य कारण जग्गाको बढ्दो मूल्य: प्रतिवेदन

अस्ट्रेलियामा सन् २०२४ मा एक लाख ७७ हजार नयाँ घर निर्माण भएका थिए। सो समयमा अनुमानित माग भने दुई लाख २३ हजार थियो।

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

यसवर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ।

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको जित

स्कटल्यान्डले जितका लागि दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपाल र भारतबीच पारस्परिक कानूनी सहायता सम्झौता

नेपाल र भारतबीच फौजदारी मुद्दाको अनुसन्धान, प्रमाण संकलन र न्यायिक कारबाहीमा संस्थागत समन्वय बढाउने उद्देश्यले पारस्परिक कानूनी सहायता सम्झौतामा हस्ताक्षर भएको छ।