गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई जिपले ठक्कर दिँदा अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मृत्यु भएको छ।
अन्तर्वार्ता
‘जटिल प्रश्नमा प्रवेश गर्दा मान्छे रिसाउन सक्छन्। मान्छे खुशी भएनन् भने भोट हाल्दैनन्। तिनले भोट नहाले सत्तामा जान सकिँदैन। त्यसो भएपछि अप्ठ्यारा प्रश्नमा प्रवेश नै नगर्ने?’
कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि सरकारले गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन कम मल आयात गर्ने भएको छ।
प्रहरीले रास्वपाका जिल्ला संगठन प्रमुख रिखीराम भट्टराईलाई सरकारी कागजात फेसबुकमा राखेर गोपनीयता भंग गरेको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै उनको सांसद पद रिक्त गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ।
जावलाखेल मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।
पाँच लाख अवैध आप्रवासीलाई कानूनी मान्यता दिने स्पेनको निर्णयले सदस्य राष्ट्रबीचको आप्रवासन व्यवस्थापनमा असन्तुलन ल्याउन सक्ने भन्दै ईयूले अन्य मुलुकमा नकारात्मक प्रभाव नपार्न सचेत गराएको छ।
रामेछाप र बैतडीमा भएका दुर्घटनामा २५ जनाको मृत्यु भएपछि यातायात व्यवसायी महासंघले घटनाको छानबिन र पुराना प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
अख्तियारका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकविरुद्ध ६ वटा मुद्दामा अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद थप गरेको छ।
सागरनाथ वनको १५० बिघा जग्गामा माछा पोखरी निर्माण र नदीजन्य पदार्थ उत्खनन गर्दा ५८ करोड ६२ लाख रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियारले बागमतीका तत्कालीन मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ३५औँ स्थापना दिवसका अवसरमा ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण’मा योगदान पुर्याएको भन्दै उकालोका वरिष्ठ संवाददाता दिपा दाहाललाई पुरस्कृत गरेको छ।
उम्मेदवारको संख्याअनुसार मतपत्रको आकार फरक-फरक हुने भएकाले छपाइमा केही समय लागेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ।
सामुदायिक प्रहरी सेवा केन्द्र, बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
नेप्से परिसूचकमा झिनो गिरावट आए पनि बुधबार कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।
बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएका कारण पीडित परिवारसँग सहमति जुट्न सकेको छैन।
मरेको कुखुराको कलेजोको नमूना परीक्षण गर्दा यो रोगको समस्या पहिचान भएको हो। दूषित पानीको प्रयोगले यो रोगको समस्या बढी देखिने गर्दछ।
अन्तर्वार्ता
‘सरकारले सबैलाई बीमा गर्दिन्छ भन्नु पपुलिस्ट हुनु हो। बीमाको भिजनअनुसार चलेको भए पपुलिस्ट हुँदैनथ्यो। बीमा जे सोचेर ल्याइएको थियो, त्यसरी नचलाएकाले सरकारलाई बोझ मात्र भयो।’
बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ।
यो घटना कोइला खानी र डायनासोर जीवाश्महरूको खोजका लागि परिचित टम्बलर रिज प्रान्तमा भएको हो।