विशेष अदालतले पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
सिलिकन भ्यालीको ‘मिट द ड्रेपर्स’ रियालिटी शोमा १० लाख डलर लगानी जित्न नेपाली इन्जिनियर संगम चापागाईको रोबोटिक कम्पनी ‘सेफोर्ज’ अहिले विश्वभरका उद्यमीसँग भोटिङ प्रतिस्पर्धामा छ।
काठमाडौँको पेप्सीकोलामा गुडिरहेको बसबाट खसेर घाइते भएकी ६५ वर्षीया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात करिब ६० प्रतिशतले वृद्धि भई आठ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको पुगेको छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा लगाएको कर खारेज गरिदिएपछि वासिङ्टन र बेइजिङबीचको व्यापारिक सम्बन्ध पुनः अनिश्चित बनेको छ।
आइतबार नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ।
स्वास्थ्य मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण र राहत प्रक्रिया अघि बढाउन आगामी फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
अन्तर्वार्ता
‘पहिला दुर्गन्धबाट देशलाई निकाल्नु छ। सुशासनका लागि काम गर्नुछ। हामी यो देशलाई नै भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन चाहन्छौँ, त्यसका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी योग्य देखिएको छ।’
पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा गरेको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ।
स्थानीय प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारेको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा घृणा फैलाउने कार्य कानूनद्वारा दण्डनीय रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
युरोपका पाँच राष्ट्रले युक्रेनको युद्धमैदानबाट प्राप्त प्रविधिका सीपलाई आत्मसात् गर्दै सस्तो तथा प्रभावकारी ड्रोन रक्षाप्रणालीको विकास र उत्पादनमा लगानी गर्ने संयुक्त घोषणा गरेका छन्।
रामेछापमा पसलमा सामान किनिरहेकी ५ वर्षीया बालिकाको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।
अन्तर्वार्ता
“नेपाली जाति, समृद्धिको साथी’ भन्ने अभियानमार्फत तेस्रो देश गएका जो कोही नेपाली जातिले नेपालमा लगानीमैत्री अवसर पाउनुपर्छ।”
चालु आर्थिक वर्षको सात महिनामा ११ खर्बभन्दा बढीको आयात र करिब पौने दुई खर्बको मात्र निर्यात हुँदा मुलुकको व्यापार घाटा नौ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
झन्डा जलाएको आरोपमा हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
अस्ट्रिया सरकारले नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई प्रहरी चौकीमा रूपान्तरण गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया शुरू भएको छ।