निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
काठमाडौँ— निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट गरी तीन दिन बिदा दिन सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए।
फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा (होली) को सार्वजनिक बिदा परेको छ। त्यसपछिको तीन दिन बिदा दिँदा आफ्नो कार्यथलोबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म पुग्न सहज हुने आयोगको विश्वास छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते निर्वाचन नहुने भनी फैलाइएका हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्। गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन प्रचारप्रसार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले तोकिएको मिति र समयमै निर्वाचन हुनेमा ढुक्क हुन आह्वान गरे। सञ्चारकर्मीको निष्ठापूर्ण भूमिकाले निर्वाचनको वातावरण बनेको उनले बताए।
"सुशासनका लागि निर्वाचन अनिवार्य छ। निर्वाचनले आगामी पाँच वर्षका लागि सुशासन कायम गर्ने अख्तियारी दिनेछ," भण्डारीले भने। उनले निर्वाचन आचारसंहिता लागू भइरहेको र उजुरीहरूमाथि छानबिन भइरहेको जानकारी दिए। साथै, आचारसंहिता विपरीत मत सर्वेक्षण गर्न नपाइने र कसैले जितेको वा हारेको दाबीसहितका समाचार लेख्न नहुनेमा उनले जोड दिए। उनले सर्वोच्च अदालतको यसअघिको व्याख्या र विश्लेषणलाई पनि ध्यान दिन ध्यानाकर्षण गराए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसअघिको निर्वाचनमा भन्दा बढी मतदान हुने गरी मतदाता शिक्षालाई तीव्र बनाउनुपर्ने बताए। २०७९ को निर्वाचनको तुलनामा मतदानको प्रतिशत बढेमा मात्र निर्वाचन सफल भएको मानिने उनको भनाइ छ। गोरखापत्रले ४६ भाषामा सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा मतदाता शिक्षा पुर्याउनुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
