AnonymousUser

Logout

बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भर्खरै सम्पन्न बाघ गणनाका क्रममा प्रयोग गरिएका एक हजार ७८० क्यामेरामध्ये ६० वटा हराएका छन्।

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु जारी

स्थानीय प्रशासनले दुई समुदायबीचको विवादपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन रौतहटको सदरमुकाम गौरमा शनिबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुःस्वप्न वक्तव्यको संज्ञा दिएका छन्।

निर्वाचन सुरक्षा चुस्त बनाउन सशस्त्र प्रहरीको नयाँ शैली

प्रत्येक निर्वाचन क्षेत्रका बेस र कमान्डरहरूको फोन नम्बरसहितको मेजेसमा निर्वाचन सुरक्षासँग सम्बन्धित गतिविधि, कार्यक्रम तथा आवश्यक सूचना आदानप्रदान गर्न उम्मेदवारलाई अनुरोधसमेत गरिएको छ।

बागमतीका ६ स्थानमा ट्रास बेरियर [तस्वीरहरू]

ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरू जस्तै: प्लास्टिक, प्लास्टिकका बोतल, काठका टुक्रा, फोमलगायत तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको विश्वव्यापी ट्यारिफ योजना रद्द

अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिलाई एकतर्फी रूपमा ट्यारिफ (शुल्क) लगाउने अनुमति नदिने ठहर गर्दै सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्पको योजनाको विपक्षमा फैसला सुनाएको हो।

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ

तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ।

आयोगमा ४१ दलले पेश गरे घोषणापत्र, ८६७ उम्मेदवारले खोले बैंक खाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४१ राजनीतिक दलले आफ्नो घोषणापत्र पेश गरेका छन् भने ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनार्थ बैंक खाता खोलेका छन्।

विमानस्थलबाट १३ लाखका मोबाइल र ल्यापटपसहित एक जना पक्राउ

प्रहरीले विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँ बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरेको छ।

मुगुका कृषकलाई स्याउ बगैँचा स्याहार्नै भ्याइनभ्याइ

देशभर निर्वाचनको सरगर्मी बढिरहँदा मुगुका कृषकलाई भने बगैँचा व्यवस्थापनको चटारो छ। स्याउका बिरुवा काँटछाँट, गोडमेल र रोग नियन्त्रणका लागि नीलोतुथो लगाउने उपयुक्त समय भएकाले उनीहरू यतिबेला स्याउखेतीमै व्यस्त छन्।

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलो २७० ग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित शहरको १८ औँ स्थानमा

मंगलबार काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ भने पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छन्।

पर्यटकीय सिजनमै सौराहा सुनसान, होटल अकुपेन्सी ५० प्रतिशतमा खुम्चियो

क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको संख्यामा कमी आएको बताउँछन्। निर्वाचनपछि पर्यटक बढ्ने उनको अपेक्षा छ।

साप्ताहिक ब्रिफिङः ‘डेथजोन’मा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका, कोही किन फेर्छ दल?

यो साता उकालोमा, ‘धर्मगुरुहरू चुनावतिर, उम्मेदवार धार्मिकस्थलतिर’, ‘डेथजोनमा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका’, ‘अवकाशको अन्तिम घुम्तीमा डासो रिजाल’ लगायतका खबरहरू हेडलाइन बने।

फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, ७ जनाको मृत्यु

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग शहरका समुदायमा पानी पसेकाले स्वयंसेवकहरूले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरिरहेका छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

आईईएबाट बाहिरिने अमेरिकाको चेतावनी

अमेरिकी ऊर्जासचिव क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)लाई 'नेट-शून्य' अजेन्डा त्याग्न दबाब दिँदै आगामी एक वर्षभित्र सुधार नभए संस्थाबाटै बाहिरिने चेतावनी दिएका छन्।

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पाहुना टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पराजित गर्दै १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको जावलाखेल युथ क्लबले अब उपाधिका लागि आयोजक सहारा क्लबसँग भिड्नेछ।