भुटान एयरलाइन्सबाट दिल्ली उड्न लागेका नागार्जुनका तारा चन्द चौधरीलाई अवैध रूपमा ४८ थान नेपाली राहदानी ओसारपसार गरेको आरोपमा विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मत सर्वेक्षण 'लाइभ' गरेको भन्दै निर्वाचन आयोगले ११ वटा अनलाइन सञ्चारमाध्यमलाई कारबाहीका लागि सिफारिस गरेको छ।
टी२० विश्वकपको सुपर–८ खेलमा कप्तान एडेन मार्करमको अविजित ८२ रनको मद्दतले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक एक करोड ११ लाखभन्दा बढी मतपत्रसहितका सबै सामग्री देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुर्याइएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अघिल्लो दिन राति १२ बजेदेखि मतदान नसकिँदासम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउँदै सातमध्ये कुनै एक परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।
गत वर्ष असोज दोस्रो साताको बाढीबाट विस्थापित रोशीवासीको अवस्था अझै कष्टकर छ। यति बेला देशभर चुनावी माहौल छाए पनि रोशीमा उम्मेदवारहरूसमेत खुलेर भोट माग्न घरदैलोमा नआएको स्थानीयको गुनासो छ।
मेक्सिकोमा लागुऔषध गिरोहका नेताको मृत्युपछि हिंसा भड्किए पनि फिफाले आगामी विश्वकप आयोजना गर्ने मेक्सिकोको क्षमतामा शंका नरहेको जनाएको छ।
मन्थली नगरपालिका–६ स्थित तामाकोशीमा भएको बस दुर्घटनापछि क्षतिपूर्तिको विवादले १५ दिनदेखि ठप्प रहेको नेपाल अरनिको यातायातको सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।
दाङका तीन वटै निर्वाचन क्षेत्रलाई जोड्ने र पश्चिम दाङको वैकल्पिक मार्ग मानिएको दामोदर सडकखण्ड ५ वर्षदेखि कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
‘खानेपानीलाई राजनीतिक अजेन्डा बनाउन आवश्यक छैन। त्यो जनताको अधिकारको कुरा हो। यसमा हामी सबै मिलेर काम गर्नुपर्छ। जनतालाई जसरी भए पानीको आवश्यकता पूर्ति गराउनुपर्छ।’
बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।
‘थारू समुदायलाई पार्टीहरूले राजनीति दास मात्र बनाउने प्रवृत्ति भयो। यसको अन्त्यका लागि मैले उम्मेदवारी दिएको हो। हामीले थारूका मुद्दालाई अग्रस्थानमा राखेका छौँ।’
आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।
भारतको हिमाञ्चल प्रदेश प्रहरीले दिल्ली प्रहरीको टोली अन्तरराज्यीय गिरफ्तारी गर्न पूर्वसूचनाबिना नै आएको बताएको छ।
निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
आजको कारोबारमा सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेपालमा उत्पादित टायरहरू भारत, बांग्लादेश, श्रीलंकालगायतका दक्षिण एशियाली मुलुकमा समेत निर्यात हुन्थे।
अन्तर्वार्ता
‘किसानको पीडा बुझेको छु। बीउ, मल र सिँचाइ सुलभ गर्ने तथा कृषि उत्पादनको बजारीकरण जस्ता विषय समाधान गर्न प्रयत्नशील हुनेछु।’
तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौँसहितका जिल्लामा असिनापानी परेको छ भने पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३६.८ मिमि वर्षा संखुवासभामा मापन गरिएको छ।