भदौ २३ र २४ का घटना जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

भदौ २३ र २४ का घटनाबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।

काठमाडौँ- भदौ २३ र २४ का घटनाबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो।

सरकारले गत असोज ५ मा  भदौ २३ र २४ मा भएको घटनाबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।