सुनसरी १ मा श्रम संस्कृतिका हर्कराज साम्पाङ विजयी

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

हर्क ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। त्यसैगरी, नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गरे।

त्यस्तै, खोटाङबाट पनि श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। राई १६ हजार ६१२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे। त्यसैगरी, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।