कस्तो रहला आजको मौसम?

देशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ- नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।  देशका बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल  लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ ।

कोशी, गण्डकी,  बागमती प्रदेशको पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ।