मुगुका सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरू हुने जनाइएको छ।
रामेछापका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया शुरू गर्ने तयारी गरिएको छ।
निर्वाचन आयोगको तथ्यांक अनुसार प्रारम्भिक मत गणनामा रास्वपाले काठमाडौँका दशै क्षेत्रमा अग्रता कायम गरेको छ।
बाजुराका ११५ मतदान केन्द्रको मतपेटिका आज बिहान पाँच बजेसम्ममा सदरमुकाम मार्तडी पुर्याइएको छ।
हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि शुरू भएको छ।
निर्वाचन आयोगका अनुसार मत गणना भइरहेका ३४ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।
देशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ।
आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानका लागि निर्धारित समय साँझ ५:०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेका मतदाताहरूले त्यसपछि पनि मत दिन पाउने जानकारी दिइन्।
प्रधानमन्त्री सुशीला कार्कीले कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन संवाद गरी त्यहाँ रहेका ३ लाख ६० हजार नेपालीको सुरक्षा र पश्चिम एशियाको वर्तमान अवस्थाबारे कुराकानी गरेकी छिन्।
उदयपुरस्थित मदन भण्डारी लोकमार्गमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा पास नलिई सञ्चालन गरिएका ९०० वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ६२ लाख २० हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबारको मतदानमा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भएनन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो १ बजेसम्म देशभर करिब २४.७८ प्रतिशत मतदान सम्पन्न भएको छ।
युक्रेनी राष्ट्रपति भन्छन्– 'हामीलाई मिसाइल र ड्रोन आक्रमणहरू के हुन् र तिनीहरूको सामना कसरी गर्ने भन्ने बारे राम्ररी थाहा छ।'
मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ।
निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा मतदान जारी छ।
सर्लाही-४ मा घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भएपछि रोकिएको मतदान पुन: सुचारु भएको छ।