सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२ हजार ८५७ मतले हराएका छन् ।
नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्रले १ हजार ५७२ मत प्राप्त गरेका छन्।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ । सर्लाही-१ मा रास्वपाका नीतिमा भण्डारी कार्की , सर्लाही- २ मा रबिन महतो र सर्लाही-३ मा नरेन्द्र साह कलवार विजयी भएका छन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
