AnonymousUser

Logout

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।

वर्षाले रोकियो नेपाल–यूएईबीचको खेल

वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच जारी टी–२० खेल रोकिएको छ।

उत्तर कोरियाले गर्‍यो क्लस्टर क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियाले हालै छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै नयाँ क्लस्टर वारहेड क्षमताको सफल परीक्षण गरेको छ।

रास्वपा महामन्त्रीमा भूपदेव शाह, परिमार्जित भयो लेबी

रास्वपाले भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ भने लेबी व्यवस्थामा हेरफेर गरेको छ।

गृहमन्त्री गुरुङमाथि उच्चस्तरीय छानबिनको माग

नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको शेयर विवादका विषयमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ।

नेप्से परिसूचक १३ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर दुई हजार ८२५.२३ बिन्दुमा कायम भएको छ।

मलेसियाको बोर्नियोमा आगलागी हुँदा एक हजार घर नष्ट, नौ हजार विस्थापित

मलेसियाको बोर्नियो टापुस्थित एक तटीय बस्तीमा आइतबार बिहान लागेको भीषण आगोले करिब एक हजार घर ध्वस्त पार्नुका साथै नौ हजारभन्दा बढी स्थानीयलाई घरबारविहीन बनाएको छ।

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

दीपेन्द्रको कप्तानीमा नेपालले आज यूएईसँग टी–२०आई सिरिजको पहिलो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्धको टी-२० आई सिरिजको पहिलो खेल खेल्दैछ।

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी

अर्थमन्त्रालयले सरकारी कर्मचारीलाई मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा महिनामा दुई पटक वितरण गर्ने तयारी गरेको छ।

हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि, प्रवास विभाग प्रमुखमा बोहरा

रास्वपाले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ। साथै, पार्टीले प्रवास विभाग प्रमुखको जिम्मेवारी सांसद दीपक बोहरालाई दिएको छ।

रुसी तेल निर्यातमा छुटप्रति युक्रेनको आपत्ति

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने निर्णयले रुसलाई युद्धका लागि आर्थिक स्रोत उपलब्ध गराउने भन्दै आलोचना गरेका छन्।

बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन आग्रह

रोशी खोलाले बगाएको डाइभर्सन मर्मतपछि बीपी राजमार्गमा एकतर्फी सवारी आवागमन शुरू भएको छ।

इन्धनको मूल्यवृद्धिले चितवनमा सञ्चालित १२५ ठेक्का रोकिने अवस्थामा

इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काको काम रोकिने अवस्थामा पुगेको छ।

इलाममा चियाको ‘फस्ट फ्लस’ टिपाई सुरु

पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यस वर्षको फस्ट फ्लस शुरू भएको छ। अनुकूल मौसमका कारण यस वर्ष चियाको उत्पादन र गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ।

कोलोराडोमा ‘नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा आगामी जेठ ८ देखि ११ गतेसम्म नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ।

वीरगन्जमा अतिक्रमित संरचना भत्काउँदै सडक कार्यालय

सडक डिभिजन कार्यालय हेटौँडाले वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका करिब एक हजार २०० घरटहरा भत्काउन थालेको छ।

बहुवर्षीय धानको बिउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य

यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै यो व्यवस्था लागू थियो।