दीपेन्द्रको कप्तानीमा नेपालले आज यूएईसँग टी–२०आई सिरिजको पहिलो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्धको टी-२० आई सिरिजको पहिलो खेल खेल्दैछ।

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्धको टी-२० आई सिरिजको पहिलो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे शुरू हुनेछ। घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिज खेल्दैछ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ। जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्। त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन्।

सिरिजको दोस्रो खेल भोलि हुनेछ। नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ। पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन्। नेपालमा 'फ्लडलाइट'मा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिज हो।