नेप्से परिसूचक १३ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर दुई हजार ८२५.२३ बिन्दुमा कायम भएको छ।

काठमाडौँ–  साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १३.१७ अंकले घटेर दुई हजार ८२५.२३ बिन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर एक लाख १६ हजार ३१० पटक खरिद–बिक्री हुँदा पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जले कुनै पनि कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा लाग्ने ‘सर्किट ब्रेक’को व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत पुर्‍याएको छ। सोही व्यवस्थाअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ।