सैद्धान्तिक असहमति र पद बाँडफाँटमा कुरा नमिल्दा उज्यालो नेपाल र रास्वपाबीचको सहकार्यको सम्भावना तत्कालका लागि अन्त्य भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्।
काठमाठौँ– उज्यालो नेपाल पार्टी (उनेपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सहकार्यको सम्भावना तत्कालका लागि अन्त्य भएको छ। रास्वपा नेतृत्वले उनेपाका शर्त र सैद्धान्तिक मागमा सहमति हुन नसकेपछि एकता सम्भावना तत्कालका लागि टुंगिएको निष्कर्ष निकालेको हो।
उनेपाले रास्वपाको हालको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरी नयाँ मार्गचित्र बनाउनुपर्ने माग राखेको थियो। तर, रास्वपा नेतृत्वले वर्तमान व्यवस्था र संविधानप्रति आफ्नो असहमति नरहेको र केवल अवस्था परिवर्तनका लागि अभियान चलाइरहेको प्रष्ट पारेपछि कुरा नमिलेको हो। उनेपाले संघीयता र धर्मनिरपेक्षता जस्ता संरचनात्मक विषयमा फरक धारणा राख्नुपर्ने अडान लिएको थियो।
विचारधाराका अतिरिक्त सांगठनिक भागबण्डामा पनि उनेपाका शर्त थिए। उनेपाले पदाधिकारीमा हालको संरचनामा थप तीन पद सिर्जना गर्नुपर्ने, वरिष्ठ उपसभापति कुलमान घिसिङलाई दिनुपर्ने र थप एक महामन्त्री आफ्नो भागमा पर्नुपर्ने माग राखेको थियो। यसबाहेक, आगामी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारीमा समेत सिट तोकेरै जानुपर्ने उनेपाको प्रस्ताव थियो।
रास्वपा प्रवक्ता मनिष झाले उकालोसँग कुरा गर्दै उनेपाका मागहरूमा रास्वपा नेतृत्वले विमति जनाएको बताए। मागहरूमा कुरा नमिलेपछि दुई पार्टीबीचको सहकार्य औपचारिक रूपमा टुंगिएको, अब यसको आधिकारिक घोषणा हुन मात्र बाँकी रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
