रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको नेतृत्व सम्हालेका कुलमान घिसिङले रास्वपाले १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ता भित्र्याएको र एकपक्षीय रूपमा सहमति तोडेको आरोप लगाएका छन्।
काठमाडौँ– उज्यालो नेपाल पार्टी (उनेपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको राजनीतिक सहमति भंग गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपाले सहमतिका बुँदाहरू कार्यान्वयन नगरेको र एकपक्षीय रूपमा सहमति तोडेको निष्कर्ष निकाल्दै एकता अन्त्यको घोषणा गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “२०८२ पुस १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरू रास्वपाले कार्यान्वयन गर्न नमानेको र एकपक्षीय रूपमा सहमति तोडेकाले उक्त सहमति आजैका मितिबाट भंग गरिएको छ। साथै, उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनमा आफ्नै ‘विद्युतीय चिम’ चुनावचिह्न लिएर सहभागी हुने निर्णय गरेको छ।”
बैठकले पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामासमेत स्वीकृत गरेको छ। राजीनामा स्वीकृत भएसँगै उनलाई पार्टी विधानअनुसार ‘संरक्षक’को भूमिका दिने निर्णय भएको छ।
त्यस्तै, उपाध्यायको राजीनामापछि रिक्त रहेको पार्टीको अध्यक्ष पदमा कुलमान घिसिङलाई सर्वसम्मतिले नियुक्त गरिएको छ। नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका घिसिङको नेतृत्वले पार्टीलाई नयाँ उचाइ दिने विश्वास केन्द्रीय समितिले व्यक्त गरेको छ।
हामीले पदको मोलमोलाइ गरेका होइनौँ : कुलमान घिसिङ
शनिबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनेपाका नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाले एकपक्षीय रूपमा सहमति भंग गरेको आरोप लगाए। घिसिङले आफू रास्वपाको साधारण सदस्य मात्रै भएर बस्न तयार हुँदाहुँदै पनि रास्वपाले सहमति तोडेको उनको भनाइ छ।
“हामीले पदका लागि ठूलो मोलमोलाइ गर्यौँ भनेर मिडियामा आएका कुराहरू सरासर गलत हुन्। हामी सहमति टुंग्याउने पक्षमै थियौँ,” अध्यक्ष घिसिङले भने, “वरीयतामा धेरै तल भए पनि म उपाध्यक्ष पद स्विकारेर अघि बढ्न तयार थिएँ। अन्तिममा त म साधारण सदस्य मात्र भएर बस्छु, हाम्रा केन्द्रीय सदस्यहरूलाई मिलाएर लैजाऊँ भन्दा पनि उहाँहरूले समय लिनुभयो र एक्कासि सहमति भंग भएको घोषणा गरिदिनुभयो।”
उनले रास्वपासँगको सहकार्य व्यक्तिगत स्वार्थका लागि नभई जेनजीका मागहरू सम्बोधन गर्न र देशलाई संकटबाट बाहिर निकाल्नका लागि गरिएको स्पष्ट पारे। पुस १४ गते भएको सहमति पुस २६ गतेसम्म आइपुग्दा हीनताबोधका साथ टुंग्याउनुपरेको उनको गुनासो थियो।
“यी १२ दिनसम्म हामीलाई अल्झाएर रास्वपाले ठाउँ-ठाउँमा उनेपाका सदस्यहरूलाई आफ्नो पार्टीमा प्रवेश गरायो। यो सहमति हामीले होइन, रास्वपाले एकपक्षीय रूपमा तोडेको हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
