नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

मैतीदेवीस्थित निवासमा रहेका ८४ वर्षीय दाहाललाई हृदयाघात भएपछि वीर अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको हो।

काठमाडौँ– नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ।

 केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित निवासमा रहेका ८४ वर्षीय दाहाललाई हृदयाघात भएपछि वीर अस्पताल लगिएकामा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो। 

ओखलढुंगाको बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए। उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले। 

उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका श्रीमती र दुई छोरा छन्।