तोलाको २ लाख ८२ हजार पुग्यो सुन

सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ।

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ। आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ।