२०६५ सालमा मन्त्रिपरिषद्ले तोकेको मापदण्ड बाहेक थप दुरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने महानगरले स्पष्ट पारेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो।
महानगरपालिकाका अनुसार ०६७–wo–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा २०८० को मंसिर एक गते भएको फैसलालाई आधार मानी २०८१ को साउन २४ गते प्रमुख स्तरीय निर्णयमार्फत नदीको नापी नक्साबाट कायम रहेको छेउदेखि दायाँ–बायाँ मन्त्रिपरिषद्बाट २०६५ मा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने तथा निर्माण कार्य रोक्का गर्ने निर्णय गरिएको थियो।
तर मिति गत आइतबार सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त निर्णयको केही अंश उल्ट्याउँदै मन्त्रिपरिषद्बाट २०६५ मा निर्धारण गरिएको मापदण्डको अधीनमा रही मात्र कार्य गर्नुपर्ने आदेश दिएको छ। त्यसअनुरुप नदी किनारबाट २० मिटरलाई न्यूनतम मापदण्ड कायम छ।
अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो।
सर्वोच्च अदालतको आदेशअनुसार अब महानगर क्षेत्रमा नदी तथा सहायक नदीको हकमा मन्त्रिपरिषद्बाट तोकिएको मापदण्डभन्दा बाहेक थप दूरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने स्पष्ट गरिएको छ। साथै, हाल निर्माण भइरहेको संरचनामा पनि रोक्का नराखिने महानगरले जनाएको छ।
महानगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै सरोकारवाला व्यक्ति, संस्था तथा निर्माण व्यवसायीलाई सर्वोच्च अदालतको आदेश र प्रचलित मापदण्डको अधीनमा रही निर्माण कार्य अगाडि बढाउन जानकारी गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
