पश्चिमी वायुको प्रभाव: तराईमा बिहानैदेखि हुस्सु

दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बेलुकासम्म नै बाक्लो हुस्सु लाग्नेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। तराईका अधिकांश स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बेलुकासम्म नै बाक्लो हुस्सु लाग्नेछ।

हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तथा तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने सम्भावना छ।