तराईका अधिकांश स्थानमा हुस्सु

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मुख्यतया सफा रहने विभागले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका अधिकांश स्थानमा तुवाँलो लागेको छ। 

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लागी बाँकी स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मुख्यतया सफा रहने विभागले जनाएको छ।

राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।