AnonymousUser

Logout

बांग्लादेश: १७ वर्षपछि तारिक रहमान स्वदेश फिर्ता, अवामी लिग चुनावबाहिर

अन्तरिम सरकारका प्रेस सचिव शफीकुल आलमले तारिक रहमानको स्वदेश फिर्तीलाई सकारात्मक रूपमा लिँदै बीएनपीसँगको समन्वयमा सुरक्षा व्यवस्था सुदृढ गरिएको जानकारी दिए।

दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित

त्यहाँको राष्ट्रियसभाले झुटा वा बनावटी जानकारी प्रकाशित गरेको आरोपमा परम्परागत समाचार माध्यम र इन्टरनेट मिडियामाथि कडा दण्डात्मक क्षतिपूर्ति लगाउन अनुमति दिने विधेयक पारित गरेको हो।

टर्कीएमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार निजी जेट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो।

श्रीलंकाको पुनर्निर्माणका लागि ४५ करोड डलर सहयोग गर्दै भारत

गत महिना आएको चक्रवातका कारण श्रीलंकामा ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो। बाढी र भूस्खलनका कारण करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति भएको विश्व बैंकको अनुमान छ।

पाँच वर्षको गृहयुद्धपछि म्यानमारमा निर्वाचन

जुन्ता नियन्त्रित क्षेत्रहरूमा आइतबारदेखि मतदान शुरू भए पनि सैन्य कारबाहीको डर र सत्तालाई वैधानिकता दिने प्रपञ्चका कारण सर्वसाधारणमा उत्साह देखिँदैन, कतिपयले बहिष्कारको तयारी गरेका छन्।

मेक्सिकन विमान अमेरिकामा दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनामा दुई जना यात्रु बाच्न सफल भएका छन्। अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद एक जना बेपत्ता छन्।

युक्रेन वार्ता ‘सुस्त’ देखिएको रुसको दाबी, युरोपेली संलग्नताप्रति मस्को असन्तुष्ट

युक्रेन युद्ध अन्त्य गर्ने योजनालाई लिएर संयुक्त राज्य अमेरिकासँग भएको वार्तामा केही प्रगति भए पनि त्यो निकै ‘सुस्त’ रहेको रुसले दाबी गरेको छ।

मस्कोमा कार बम विस्फोट हुँदा रुसी वरिष्ठ जनरलको मृत्यु

रुसी प्रमुख अपराध अनुसन्धान समितिले कार बम विस्फोटमा युक्रेनी विशेष सेनाको संलग्नता हुन सक्ने सम्भावनाबारे खोजी भइरहेको जनाएको छ।

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण संकटमा

कमजोर हुँदै गएको आणविक नियन्त्रण व्यवस्थाले भविष्यमा अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि गम्भीर चुनौती खडा गर्न सक्ने संकेत विज्ञहरूले दिएका छन्।

साउदी अरेबियाले मृत्युदण्डको रेकर्ड तोड्यो

साउदीको शासन सत्ता सम्हालिरहेका मोहम्मद बिन सलमानले देशमा सामाजिक प्रतिबन्धहरू खुकुलो पार्दै गएका छन्, यद्यपि त्यहाँको मानव अधिकार रेकर्डको अवस्था भने 'अत्यन्तै खराब' छ।

मियामी वार्ता त्रिपक्षीय नभएको रुसको भनाइ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय वार्ताको प्रस्ताव गरेको बताए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले यसलाई खण्डन गरेका छन्।

सीमा विवाद: कम्बोडियामा १९ जनाको मृत्यु, लाखौँ विस्थापित

थाइल्यान्डसँगको सीमा विवादका कारण बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कम्बोडियाका पाँच लाख १० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।

दक्षिण अफ्रिकाको बारमा गोली प्रहार, ९ जनाको मृत्यु

आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेको र ग्राहकमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

भ्रष्टाचार मुद्दामा इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

एफआईएको विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

भारतको आसाममा रेलको ठक्करबाट ७ हात्तीको मृत्यु

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीका अनुसार रेलको ठक्करबाट सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती घाइते भएको छ।

गाजा क्षेत्रका १६ लाख मानिसमा गम्भीर खाद्य संकटको जोखिम

प्यालेस्टिनीहरूले अझै पनि हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको राष्ट्रसंघले जनाएको छ।

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि ‘डीभी’ स्थगित गर्ने ट्रम्प प्रशासनको निर्णय

ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्त ‘डीभी’मार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्प प्रशासनले ग्रिन कार्ड लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

ढाकामा बढ्यो तनाव, सञ्चारगृहमा तोडफोड र आगजनी

हादीको मृत्युसँगै देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

मोटरसाइकलमा आएका दुई सशस्त्र व्यक्तिले पिनिडालाई निशाना बनाई गोली चलाउँदा उनकी आमा र अर्की एक महिलासमेत घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

डोपिङ सूचीमा भारत फेरि पहिलो

गत वर्ष सबैभन्दा धेरै डोपिङका घटना एथलेटिक्समा देखिएका छन्, जसमा ७६ खेलाडीको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि भारोत्तोलनमा ४३ र कुस्तीमा २९ वटा घटना दर्ता भएका छन्।