युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय वार्ताको प्रस्ताव गरेको बताए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले यसलाई खण्डन गरेका छन्।
क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने सम्भावनालाई अस्वीकार गरेको छ। युक्रेन द्वन्द्व अन्त्यका लागि युक्रेनी र युरोपेली कूटनीतिज्ञहरू मियामीमा भेला भइरहेका बेला रुसको यस्तो प्रतिक्रिया आएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय वार्ताको प्रस्ताव गरेको बताए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले यसलाई खण्डन गरेका छन्। उशाकोभले पत्रकारहरूसँग भने, “यस पहलबारे अहिलेसम्म कसैले गम्भीरतापूर्वक छलफल गरेको छैन र मलाई थाहा भएसम्म यसको कुनै तयारी पनि छैन।”
जेलेन्स्कीले शनिबार अमेरिकाको पहलमा नयाँ केही हुन सक्नेमा आफू पूर्ण विश्वस्त नरहेको बताउँदै रुसमाथि दबाब बढाउन आग्रह गरेका थिए। यद्यपि, आइतबार उनले केही उत्साहित हुँदै अमेरिका र युरोपेली नेताहरूसँगको वार्ता रचनात्मक र तीव्र गतिमा अघि बढिरहेको टिप्पणी गरे। जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै रुसले नागरिक पूर्वाधारमा गरिरहेको हमलाले वार्ताप्रति मस्कोको नकारात्मक संकेत पुष्टि गर्ने उल्लेख गरे।
अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरको मध्यस्थतामा हुने भनिएको वार्ताका लागि रुसी प्रतिनिधि किरिल दिमित्रिएभ शनिबार नै मियामी पुगेका छन्। उशाकोभका अनुसार दिमित्रिएभले अमेरिकी अधिकारीहरूसँगको वार्तापछि मस्को फर्किएर रिपोर्ट बुझाउने छन् र त्यसपछि मात्र रुसले आफ्नो आगामी कदमबारे निर्णय लिनेछ।
वासिङ्टनले गत महिना युक्रेन र युरोपेली सहयोगीहरूलाई युद्ध अन्त्य गर्न २८ बुँदे योजना प्रस्तुत गरेको थियो। पछिल्लो मस्यौदामा युक्रेनले अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा केही क्षेत्रहरू गुमाउनुपर्ने हुनसक्ने संकेत गरिएको छ, जसले धेरै युक्रेनीहरूलाई असन्तुष्ट बनाएको छ। यसैबीच, रुसी राष्ट्रपति पुटिनले पूर्वी मोर्चामा रुसी सेनाले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै आफ्नो अडान मजबुत रहेको संकेत दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
